उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपतिबारे ‘सहमति’काे विन्दु खाेजिने

बुधबार, २५ माघ, २०७९
डिजिटल संस्करण
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपतिबारे ‘सहमति’काे विन्दु खाेजिने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच बुधबार बिहान बालकोटमा भएकाे भेटवार्ता । तस्बिर : प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीबीच आज  भेटवार्ता भएको छ। 

बालकोटस्थित ओलीनिवासमा भएको सो भेटवार्तामा उनीहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति भएको जनाइएको छ।

भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्छौँ  र राष्ट्रपतिको आगामी निर्वाचनका विषयमा भोलि छलफल गर्छौँ। सहमतिबाटै अगाडि बढ्ने प्रयास हुन्छ। सहज रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्छौँ।’

भेटवार्तामा  अध्यक्ष ओलीले पूर्वसहमतिअनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताएको ओलीको सचिवालयले जनाएको छ। सो अवसरमा अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई एमालेले पार्टीभित्र छलफल गरेर राष्ट्रपति उम्मेदवारको नाम तय गर्ने बताएको सचिवालयले जनाएको छ।

सुझावित समाचार