समाजवादी क्रान्तिको कार्यक्रम बनाउँदै एस

शुक्रबार, ६ माघ, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादी समाजवादी क्रान्तिको कार्यदिशा बनाउन जुटेको छ । सम्मानित नेता झलनाथ खनालको संयोजकत्वको १३ सदस्यीय दस्ताबेज मस्यौदा समिति समाजवादी क्रान्तिको कार्यदिशा निर्माणमा जुटेको हो । यसक्रममा समितिले विभाग र जनसंगठनसँग सुझाव मागेको छ । विभाग र जनसंगठनलाई १० दिनभित्र लिखित रूपमा संगठन कस्तो बनाउने भन्ने सुझाव पेस गर्न समितिले निर्देशन दिएको छ । 

पार्टीका अन्य कमिटीसँग पनि सुझाव लिने समितिले जनाएको छ । सुझावलाई समेटेर दस्ताबेजको अन्तिम मस्यौदा तयार पार्ने खनालले जानकारी दिए । ‘समाजवादी क्रान्तिको समग्र कार्यदिशा, नीति र सिद्धान्तको शृंखला अगाडि सार्नुपर्छ । जसले सम्पूर्ण नेपाली जनतालाई समाजवादको महान् लक्ष्यतिर मार्गदर्शन गर्न सकोस्,’ उनले भनेका छन् ।

खनालले नेपाली क्रान्तिको विकासक्रम, जनवादी क्रान्तिको समापन र नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको चरणमा आएको विषयलाई तर्कसंगत ढंगले विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र विकसित भइरहेको नयाँ प्रवृत्तिहरू ठोस विश्लेषणको पनि उनले आवश्यकता औँल्याएका छन् । पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक नीति, कार्यक्रम र पार्टी निर्माणको मूल दिशाबारे दस्ताबेज तयार पारिने भएको छ । 

सुझावित समाचार