कांग्रेसको पदाधिकारी बैठक सुरु, सभामुखको विषयमा छलफल हुने

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको हो ।

आज (बुधबार)को बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ । सभामुखको उम्मेदवार कसलाई उठाउने भन्नेबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बसेको हो।

कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुनेछ ।  
 

सुझावित समाचार