उपराष्ट्रपतिद्वारा नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा  माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान ललितपुरस्थित सुमेरू अस्पताल पुगेर उनले पुनको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

वंशाणुगत जन्डिसबाट पीडित उपमहासचिव पुनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको उनको सचिवालयले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन शनिबार रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं फर्केर अस्पताल भर्ना भएका छन् ।  

आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिई स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनलाई भेटी स्वास्थ्यलाभको कामना गरेका थिए ।
 

सुझावित समाचार