पूर्वसचिव आचार्यको पुस्तक सार्वजनिक

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

पूर्वसचिव रामकुमार आचार्यले ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ नामक पुस्तक सार्वजनिक गरेका छन् । ३२ वर्ष निजामती सेवामा रहेका उनले आफ्नो अनुभव र अध्ययनका आधारमा पुस्तक तयार गरेको बताए । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलगायतले पुस्तकको संयुक्त विमोचन गरे । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार वर्ष महाशाखा प्रमुखसमेत रहेका आचार्यले नेपालमा हुने भ्रष्टाचारका १६ वटा कारणलाई समस्याका रूपमा प्रस्तुत गरेर प्रत्येकको समाधानका उपाय पुस्तकमार्फत सुझाएका छन् । ‘नेपाली भाषामा सैद्धान्तिक पृष्ठभूमिसहित नेपालको मौलिक अवस्थालाई केलाएर यहाँको भ्रष्टाचारको कारण र निवारणका ठोस उपाय प्रस्ताव गरेर लेखिएको पुस्तकको भने नितान्त अभाव छ,’ उनले भने, ‘यही अभावलाई पूर्ति गर्न यो पुस्तक लेखेको हुँ ।’ 

नेपालको भ्रष्टाचारको स्तर प्रणालीगत भएकाले त्यसको निवारण कठिन भएको उनको ठहर छ । यस्तो भ्रष्टाचार निवारण गर्न विश्वमा दुईवटा तरिका क्रमागत र क्रमभंग अभ्यासमा रहेको उनी बताउँछन् ।

सुझावित समाचार