मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक सुरु भएको हो । 

यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाज दुर्घटना भएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् । 

बैठकले नेपालमा बढ्दो हवाई दुर्घटना न्यूनीकरणका लागि विशेष निर्णय लिन सक्ने अनुमान गरिएको छ । 

यसअघि दुर्घटनाको खबर पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रभावकारी उद्धारमा लाग्न सबै सुरक्षा निकाय तथा सरकारका अंगलाई निर्देशन दिएका थिए । 

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर प्रधानमन्त्रीले उद्धार कार्यको अपडेट लिएका थिए ।

सुझावित समाचार