विमान दुर्घटना : प्रभावकारी उद्धारमा लाग्न प्रधानमन्त्री प्रचण्डको अपिल

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको विमान दुर्घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन अपिल गरेका छन् । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सुरक्षाकर्मी, सरकारका सम्पूर्ण निकाय र आमनागरिकलाई प्रभावकारी रूपमा उद्धार कार्यमा लाग्न अपिल गरेका हुन् ।

‘काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटिआर ७२ जहाजको दुःखद र त्रासदीपूर्ण दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु । प्रभावकारी उद्धारमा लाग्न सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकाय र आमजनसमुदायमा हार्दिक अपिल गर्दछु,’ उनले ट्विटरमार्फत भनेका छन् ।

सुझावित समाचार