भण्डारीको ‘सत्ता संघर्ष’ सार्वजनिक

आइतबार, १ माघ, २०७९
डिजिटल संस्करण

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक सार्वजनिक भएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापा, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, एकीकृत समाजवादीकी नेतृ गरिमा शाह र राजनीतिक विश्लेषक हरि शर्माले शनिबार संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छाैँ भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ ।

०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ ।

सुझावित समाचार