सिस्टममा खराबी आएपछि राहदानी वितरण अनिश्चितकालका लागि बन्द

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

अनिश्चितकालका लागि राहदानी वितरण बन्द भएको छ। विभागको सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागकी प्रवक्तासमेत रहेकी निर्देशक दुरपदा सापकोटाले जारी गरेको सूचनामा उल्लेख छ।

१७ पुसदेखि विभागको सिस्टममा समस्या आएको सूचनामा उल्लेख छ। सिस्टम पूर्ण रूपमा सुचारु हुन केही समय लाग्ने भन्दै विभागले अर्को सूचना जारी नहुँदासम्म राहदानी लिन नआउन सेवाग्राहीलाई आग्रह गरेको छ।

यद्यपि, राहदानी आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुक गरेका सेवाग्राहीलाई भने तोकिएकै मितिमा बायोमेट्रिकका लागि उपस्थित हुन सूचनामा आग्रह गरिएको छ।

सुझावित समाचार