प्रतिलिटर १४ रुपैयाँ उत्पादक किसानले पाउने गरी दूधको मूल्य बढाउन पशुपालक किसानले माग गरेका छन् । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजले भरतपुरमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारलाई ६ बुँदे माग पेस गरेको हो ।
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेका अनुसार प्रतिलिटर १४ रुपैयाँ उत्पादक किसानले पाउने गरी दूधको मुल्य बढाउनुपर्ने, कृषि कर्जा भुक्तानी अवधि नयाँ तथा पुराना कर्जालाई घटीमा १५ वर्ष ओडी मोडेलमा पुनर्तालिका गर्नुपर्ने, अनुत्पादक पशुको निकासीका लागि वैधानिक व्यवस्था गर्नुपर्ने, किसान परिचयपत्र अविलम्ब व्यवस्थापन गर्नुपर्ने, सरकारले दिने अनुदान नाफा नाम मात्रको र पीडादायी भएकाले किसानको आवश्यकताअनुसार अनुदान व्यवस्थापन हुनुपर्ने, कृषि तथा दुग्ध सहकारी तथा व्यावसायिक फर्महरूको भौतिक पूवार्धारमा राज्यले मेसिनरीमा ८० प्रतिशत अनुदान दिनुपर्ने माग छ ।