कांग्रेस बागमती संसदीय दलको नेतामा लामा निर्वाचित

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुरसिंह लामा निर्वाचित भएका छन्। बुधबार दिउँसो भएको निर्वाचनबाट लामा विजयी भएका हुन्।

विजयी लामाले २१ र अर्का प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले जानकारी दिए। 

दलको नेतामा निर्वाचित लामा नुवाकोट क्षेत्र नम्बर २(ख) बाट निर्वाचित भएका हुन्। यस्तै, प्रतिस्पर्धी बानियाँ मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २(ख) बाट निर्वाचित भएका हुन्। बागमती प्रदेशमा कांग्रेसबाट प्रत्यक्षमा २५ र समानुपातिकबाट १२ गरी ३७ सदस्य निर्वाचित भएका छन्।

सुझावित समाचार