उपत्यकामा बुधबार १०७ जना चालक प्रहरी कारबाहीमा

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा प्रहरीले आज बिहानै गरेको  विशेष चेकिङको क्रममा एक सय सातजना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् ।जसमा कागजपत्र साथमा नबोकेका सातजना र अवस्था ठीक नभएका सवारीसाधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् । 

त्यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने आठवटा स्कुलबसका चालकलाई पनि कारबाही गरीएको छ । सवारीको अवस्था ठीक नराख्ने तीनजना, झ्यालमा डन्डी नराख्ने तीन जना र कागजपत्र साथमा नबोक्ने दुईजना गरी आठजना स्कुलबसका चालकहरू रहेका छन् ।

योसँगै कागजपत्र साथमा नबोकेका एकजना एम्बुलेन्सचालक र  ८१ जना अन्य चालकलाई पनि विविध कसुरमा कारबाही गरिएको छ । सडकमा सहज र सुरक्षित यात्रा गराउन र ट्राफिक नियम पालना गराउन विशेष चेकजाँच गर्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । 

सुझावित समाचार