पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा

बिहिबार, ७ पुष, २०७९
डिजिटल संस्करण

पूर्वराजा ज्ञानेन्द्र शाह तीनदिने धार्मिक भ्रमणका लागि जनकपुरधाम आएका छन् । 

शाहका स्वकीयसचिव सागर तिमल्सिनाले झापाबाट जनकपुरधाम आइपुगेको जानकारी दिए । उनी जनकपुर यात्री (मिथिला यात्री) निवासमा बसेका छन् । 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्अन्तर्गत रहेका जनकपुर यात्रीनिवास भाडामा लगाइएपछि नाम परिर्वतन गरी मिथिलायात्रीनिवास राखिएको हो । 

शाहले शनिबार बिहान ११ बजे जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको स्वकीयसचिव तिमल्सिनाले जानकारी दिए । 

सुझावित समाचार