बसको ठक्करले ज्यान गुमाएका विद्यार्थीको शव बुझ्ने सहमति

शनिबार, २ पुष, २०७९
डिजिटल संस्करण
बसको ठक्करले ज्यान गुमाएका विद्यार्थीको शव बुझ्ने सहमति

फाइल तस्बिर : कविराजको मृत्युपछि आन्दोलन गर्दै विद्यार्थी

कञ्चनपुरमा यात्रुबाहक बसको ठक्करबाट मृत्यु भएका विद्यार्थीको शव परिवारले बुझ्ने भएको छ। शनिबार बिहान मृतक पक्ष र बस व्यवसायी समितिका पदाधिकारीबीच सहमती भएसँगै मृतक पक्षले शव बुझ्ने भएका हुन्।

शुक्रबार बिहान पूर्व–पश्चिम राजमार्गअन्र्तरगत बेदकोट नगरपालिका– ७ सुडामा महाकाली यातायात बहुउद्देश्यीय प्रालिको ना ६ ख ६५२१ नम्बरको बसले ठक्कर दिँदा सिसैयाका २१ वर्षीय कविराज बैद्यको मृत्यु भएको थियो। कञ्चन विद्यामन्दिर सामुदायिक कलेजको स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनको मृत्युपछि भुवनेश्वर मावि र कञ्चन विद्यामन्दिरका विद्यार्थीसहित स्थानीयले दिनभर प्रदर्शन गरेका थिए। चालकको लापरबाहीका कारण कविराजको ज्यान गएको भन्दै प्रदर्शनरत उनीहरुले शव बुझ्न अस्विकार गरेका थिए।

शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मृत पक्ष, बसधनी र समितिबीच घटनाको सत्यतथ्य छानबिन गरी दोषिउपर कार्बाही गर्ने, मृतकले पाउने बिमा रकमसहित किरिया खर्च उपलब्ध गराउने, आगामी दिनमा यस्ता घटना नदोहो¥याउने सहमति भएको छ।

सुझावित समाचार