दलहरूको भविष्यप्रति \'घण्टी बज्यो\' : अध्यक्ष तिमिल्सिना

शनिबार, १७ मंसिर, २०७९
डिजिटल संस्करण
दलहरूको भविष्यप्रति \'घण्टी बज्यो\' : अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन्। दलहरूमाथि नै प्रश्न उठ्ने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ थियो।

शनिबार ललितपुरमा आयोजित एक सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउन दलहरू नै बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह गरे। 

तिमिल्सिनाले सचेत समुदायले दलहरूलाई सच्याउन सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुने र जनताले समृद्धिको अनुभूति गर्न पाउने गरी विकास, निर्माणको कामले गति लिने स्पष्ट पारे। ‘बहुदलीय परिपाटी, हामीले संघर्ष गरेर यत्रो बलिदानीका साथ ल्याएको यो संघीय लोकतान्त्रिक गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भइराखेको छ? अब सोच्ने वेला आएको छ। हरेक दलभित्र सोच्नुपर्ने वेला भएको छ,’ उनले भने।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलहरूलाई सच्चिन पटकपटक ध्यानाकर्षण गराए। ‘सानोसानो कुरा पनि किन डेलिभरी भइरहेको छैन? मैले भन्यो भने पनि बायस हुन्छ। दलहरूलाई अब तिमीहरूको सिंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुपर्यो नि।’

सुझावित समाचार