दोलखाका १० केन्द्रमा बिहान ७ बजेदेखि पुन: मतदान सुरु

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ ।  मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।  मतदान साँझ ५ बजेसम्म चल्नेछ ।  मतदान केन्द्रका चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेकाे उनले जानकारी दिए ।

निर्वाचन आयोगको यही मंसिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका– ६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका– ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।  

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरु भएको छ । निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।     
 

सुझावित समाचार