स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना थाल्न आयाेगकाे निर्देशन

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ।आयोगको बुधबार बसेको बैठकले पुनः मतदानमा नजाने निर्णय गरेको सहप्रवक्ता ऋषिराम भुसालले जानकारी दिए।

४ मंसिरमा भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको भुसालले बताए। नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना रोकिएको थियो। 

आयोगको यसअघिको बैठकले दोलखाका १० विवादित केन्द्रमा भने यही मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरेको छ। 
 

सुझावित समाचार