शक्ति मिलन समाजकी नातिसराले पाइन् ‘कमला भासिन अवार्ड’

आइतबार, ११ मंसिर, २०७९
डिजिटल संस्करण

एचआइभी संक्रमित महिलाका लागि काम गर्ने नातिसरा राईले कमला भासिन अवार्ड पाएकी छिन्। शक्ति मिलन समाजकी सहसंस्थापक तथा कार्यकारी निर्देशक राईले शनिबार उक्त अवार्ड पाएकी हुन्। 

कार्यकारी निर्देशक राईको संस्थाले एचआइभी संक्रमित महिलाहरूको शिक्षा, स्वास्थ्य, जीविकोपार्जका लागि सहयोग गर्दै आएको छ। 

१३ वर्षकै उमेरमा भारतमा बेचिएकी उनीसँगै तीनजना महिला मिलेर सन् १९९६ मा संस्था स्थापना गरेका थिए। एक लाख राशिको उक्त पुरस्कार उनीसँगै भारतकी यौनिक अल्पसंख्यक विद्या राजपुतले पनि पाएकी छिन्। 

भारतीय कवि, लेखक तथा महिला अधिकारकर्मी भासिनको सम्झनामा स्थापना गरिएको उक्त पुरस्कार दक्षिण एसियामा लैंगिक समानताका लागि काम गर्नेहरूलाई प्रदान गरिन्छ।

सुझावित समाचार