धादिङ २ मा रामनाथ अधिकारी विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण
धादिङ २ मा रामनाथ अधिकारी विजयी

निर्वाचित कांग्रेसका रामनाथ अधिकारीलाई बधाई दिँदै प्रतिस्पर्धी एमालेका खेमप्रसाद लोहनी।

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्। एमाले–राप्रपा गठबन्धनका साझा उम्मेदवार एमालेका खेमप्रसाद लोहनीविरुद्ध १० हजार ५३३ मतान्तरले अधिकारी विजयी भएका हुन्।

धादिङ कांग्रेसका सभापति समेत रहेका अधिकारीले ३४ हजार चार सय ८३ मत प्राप्त गर्दा एमालेका लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ६९ हजार एक सय ६४ मत खसेको थियो।

२०७४ को निर्वाचनमा बाम– गठबन्धनको बलमा कांग्रेसका दिलमान पाख्रिनलाई ६७१ मतले पराजित गरेका लोहनी अहिले कांग्रेसकै अर्का उम्मेदवारसँग पराजित भएका हुन्।

सुझावित समाचार