तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शंकर भण्डारीले अग्रता कायम गरेका छन्। ८ हजार दुई सय २९ गणना भएको मतमध्ये भण्डारीले चार हजार ८ सय ८८ मत प्राप्त गरेका छन् भने एमालेका किरण गुरुङले तीन हजार ६ सय ९३ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले सात सय ८२ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्र प्रताप महतले एक सय ७६ मत ल्याएका छन् भने लौरो चुनाव चिह्नका उम्मेदवार विष्णु पराजुलीले एक सय ६८ मत ल्याएका छन्।