काठमाडौं ४ मा बिहान १० बजेबाट मतगणना गर्ने सहमति

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा  आज बिहान १० बजेबाट मतगणना हुने भएको छ । आइतबार अबेर राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान १० बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।

काठमाडौं ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कांग्रेस महामन्त्री गगनकुमार थापा र एमालेका राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् ।

सुझावित समाचार