सर्केगाड गाउँपालिका–७ को रोडिकोटमा एकजना मतदाताको मृत्यु भएको छ। मतदान गर्न कोट माध्यमिक विद्यालय मतदान केन्द्र जाने क्रममा ६२ वर्षका मकवीर कार्कीको मृत्यु भएको हो।
मतदान गर्न मतदान केन्द्र जाने क्रममा कार्कीको हृदयघात भएर मृत्यु भएको छ। मतदान केन्द्र नपुग्दै बाटो मृत्यु भएको कोट माध्यमिक विद्यालयका मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए। अहिले मतदान कार्य सुरु भइरहेको अधिकृत स्याङकुले बताए।