कांग्रेस नेता तथा काठमाडौं १ का उम्मेदवार प्रकाशमान सिंहले जनताले आफूलाई प्रधानमन्त्री भएको देख्न चाहेको बताएका छन्।
आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा निस्किएका सिंहले पत्रकारसँग कुराकानी गर्दै यसपटक मतदाताको प्रतिक्रिया विगतभन्दा सकारात्मक रहेको बताए।
उनले विगत र अहिले बनेको बाटो तुलना गरेर हेर्न मतदातालाई आग्रह गरे। उनले सामुदायिक शिक्षा सुधारको कार्य सुरु भइसकेको बताउँदै उनले आफ्नो प्रमुख एजेन्डा शिक्षा रहेको दाबी गरे।
१६ रोपनीभन्दा बढी जग्गालाई अतिक्रमणबाट जोगाएर आफ्नो निर्वाचन क्षेत्रमा बालबालिकालाई पार्कका साथै स्वास्थ्य सुधारका लागि सार्वजनिक पार्क निर्माण गरेको बताए। यस्तै वृद्धाहरूलाई लक्षित गरेर ज्येष्ठ नागरिक भवन निर्माणका लागि पहल गरेको उनको भनाइ थियो।