आमाछोरीको हत्या प्रकरण : हत्यामा संलग्न पक्राउ

मंगलबार, २९ कार्तिक, २०७९
डिजिटल संस्करण

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा आमा र छोरीको हत्या भएकोे छ । हत्यामा संलग्न भएको भनिएका युवालाई प्रहरीले पक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका– ५ बालकुमारी भंगेरीका केशव खतिवडाकी श्रीमती २१ वर्षीया सम्झना खतिवडा र चार वर्षीया छोरी क्रिष्टिना खतिवडाको सोमबार बेलुका हत्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रूपक खड्काले जानकारी दिए ।

हत्यामा संलग्न सोही टोलका छिमेकी २१ वर्षीय पुस्कल तामाङलाई मंगलबार बिहान गाउँनजिकैको जंगलमा लुकिरहेको अवस्थामा प्रक्राउ गरिएको डिएसपी खड्काले बताए । 

घरमा कोही नभएको वेलामा आमाछोरीको घाँटीमा खुर्पा प्रहार गरी हत्या भएकोे छ । आमाको हत्या आँगनमा र छोरीको घरभित्रको मझेरीमा भएको पाइएको प्रहरीले जनाएको छ। आरोपितलाई पक्राउ गरी सदरमुकाम ल्याउँदै गरिएको प्रहरीको भनाइ छ । हत्याको कारणको विषयमा सोधपुछ गर्न बाँकी रहेको भन्दै प्रहरीले हत्याको कारण नखुलेको जनाएको छ । 
 

सुझावित समाचार