Skip This
ब्याजदर वृद्धिविरुद्धको आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २५ शुक्रबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २५ शुक्रबार १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ब्याजदर वृद्धिविरुद्धको आन्दोलन स्थगित गर्न चेम्बरको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २५ शुक्रबार १o:३७:oo

नेपाल चेम्बर अफ कमर्सले बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ । जिल्ला चेम्बर अफ कमर्स र नगर चेम्बर अफ कमर्सलगायत सबै जिल्लाका संस्थालाई ब्याजदर वृद्धिविरुद्धको आन्दोलन निर्वाचनसम्मका लागि स्थगित गर्न चेम्बरले आग्रह गरेको हो । 

चेम्बरले बिहीबार विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर एवं राष्ट्र बैंकको चालू पुँजी कर्जासम्बन्धी मार्गनिर्देशनको विरोधमा चेम्बरले गर्दै आएको विरोधका कार्यक्रमलाई निर्वाचन अवधिभर रोक्न आग्रह गरेको हो ।

‘मुलुक प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ । निर्वाचनलगत्तै आफ्नो शान्तिपूर्ण संघर्षका कार्यक्रमलाई पनि जारी राख्दै नयाँ सरकारसँग वार्तामार्फत समस्याको समाधानका लागि चेम्बरले पहल गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यतिन्जेलसम्मका लागि संघर्षका सबै कार्यक्रम स्थगित गर्न जिल्ला र नगर चेम्बर अफ कमर्सलाई आग्रह गरिन्छ ।’

बैंक तथा वित्तीय संस्थाको चरम ब्याजदरबाट उद्योगी–व्यवसायी निकै मर्कामा परे पनि निर्वाचनको मुखमा आन्दोलन गर्दा झन् समस्या उत्पन्न हुने चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘ब्याजदर वृद्धिले उद्योग–व्यवसाय निकै धराशायी भएका छन् । बढेको ब्याजदर घटाउने विभिन्न विकल्प हुँदासमेत सरकारले व्यवसायीको मागलाई सुनुवाइ गरेको छैन । निर्वाचनलगत्तै संघर्षमा उत्रिनुको विकल्प छैन ।’