१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ कार्तिक २४ बिहीबार १९:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आरक्षणमाथि ओलीको कटाक्ष- बाहुन होस् कि दलित, आगोले भेटे पोल्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार १९:o५:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दलितले राज्यले दिएको आरक्षणभन्दा पनि क्षमता विकास ध्यान दिनुुपर्ने बताएका छन्। 

उनले आरक्षणमार्फत केही समयका लागि पछाडि परेकालाई अघि बढाउन कानुनमै प्रबन्ध गरेको बताएका हुन्। झापाको दमकमा उत्पीडित दलित समुदायबीच अन्तरसंवादमा बोल्दै ओलीले अरक्षणमा मात्र भर पर्न नहुने बताए। 

उनले आफू दलित भन्ने कुरा मनबाट हटाउनुपर्ने बताए। ‘दलित हौँ भन्ने कुरा मनबाट हटाउनुपर्छ। सेन्टिमेन्टमा जान हुँदैन। पौडी खेल्न सिक्नुपर्छ। अरक्षणबाट पौडी खेल्न सकिँदैन। पौडी खेल्न रबर ट्युब चाहिन्छ?’ ओलीले भने, ‘त्यसो भए बाहुनका छोरालाई हाल्दिनुस् न रबर ट्युबविना नै! दलित भनेको छोराछोरीलाई ट्युबमा सिक्नुपर्ने बाहुन भनेकोलाई पानीमा हाल्दिए हुने? त्यस्तो हुँदैहुँदैन। सबै मान्छे उस्तै हुन्। बाहुनलाई होस् कि दलितलाई होस् आगोले भेट्यो भने पोल्छ, पानीले डुबाउँछ।’

उनले सबैलाई प्रतिस्पर्धा गर्न सिकाउनुपर्ने बताए। क्षमता विकास गरे मात्र अघि बढ्न सकिने ओलीको भनाइ थियो। ‘हामी आफैँले पौडी खेल्न सिकेनौँ भने क्षमता बनाउन सिकेनोँ गाह्रो हुन्छ,’ उनले भने, ‘आरक्षण बनाएका छौँ भनेर यसमा भर परेर हुँदैन छोरा–छोरी मज्जाले पढाउनुस्। डाक्टर, पाइलट, इन्जिनियर के-के बनाउनुपर्छ बनाउनुस्।’

उनले अरक्षण छँदै छ भनेर नपढे डाक्टर, इन्जिनियर हुन नसक्ने टिप्पणी गरे। ‘अरक्षण छँदै छ किने पढ्ने ब्रो ! भनेर कसरी हुन्छ? आरक्षणबाट तपाईं इन्जिनियर बन्न सक्नुहुन्न! डाक्टर इन्जिनियर हुन त पढ्नुपर्छ,’ ओलीले भने, ‘हामीले केही समय र केही वर्षका लागि कानुनमा आरक्षणको प्रबन्ध गरेका छौँ। धेरै वर्षपछाडि पारिएकाले अगाडि बढ्नका लागि सहुलियतको व्यवस्था गरेका छौँ।’ आरक्षणमा पनि प्रतिनिधित्व खोज्दा पढेको र सक्रिय खोजिने ओलीको भनाइ छ। उनले छोराछोरीलाई पढाएर प्रतिस्पर्धामा उत्रन सिकाउनुपर्ने बताए।

‘छोराछोरी पानीमा जाने वेला घरमा डुंगा राखिदिएर लिएर जाऊ भनेर कसरी हुन्छ ? पौडी खेल्न सिकाउनुभयो भने गएर खेल्छ,’ ओलीले भने, ‘सीप मुख्य कुरा हो। आरक्षणबाट मन्त्री बनाइदिँदा के हुन्छ? भाषण गर्नुपर्‍यो भने के भन्ने? आरक्षणबाट आएको मेरो भाषण पनि आरक्षणमै छ भन्नु? जान्नुपर्‍यो नि सिक्नुपर्‍यो नि! आफूले आफ्नो योग्यता क्षमता विकास गर्नुपर्छ।’ 

उनले १९४८ डिसेम्बर १० मा जारी भएको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र र संयुक्त राष्ट्रसंघको बडापत्रमा समेत जन्मबाट नै जात, कुल–घरान, वर्ण र लिंग, सम्पत्ति, पद र पुर्खाका आधार विभेद गर्न नहुने उल्लेख भएको बताए। उनले मानिस जन्मिँदै श्रेष्ठ र निच भएर नजन्मिने प्रतिक्रिया दिए। ‘सबै मानव जाति बराबर जन्मन्छन्। जन्मसिद्ध श्रेष्ठ हुने विज्ञ सम्बन्ध हुँदैन। तथ्य र तर्कले पुष्टि गर्न सक्दैन। यो पाखण्ड र आडम्बर हो,’ ओलीले भने। 

उनले पछिल्लो समय विभेद हट्दै गएको तर्क गरे। ‘होटेलमा सँगै बसेर खाएकै छौँ त! होटेलमा बसेर खाँदा जात सोधिन्छ? अलिक अघिसम्म पश्चिममा थियो। अहिले त सुदूरपश्चिममा पनि हरायो। गाउँगाउँका होटेलमा पनि हरायो,’ ओलीले भने। उनले पछाडि परेको हिस्सालाई सचेत गराउनुपर्ने बताए। उनले एमालेको नीति समानतामूलक समाजको नीति भएको बताए। एमालेले पछाडि परेको समुदायलाई अगाडि बढाउने बताए। उनले छुवाछुत पाखड भएको बताए।