१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Tuesday, 08 July, 2025
२o७९ कार्तिक २४ बिहीबार १८:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन फोहोरी राजनीति सफा गर्ने अवसर : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार १८:१o:oo

देशका ठूला राजनीतिक दलहरूले फोहोरी राजनीति गरेको आरोप राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लगाएका छन्। बिहीबार उदयपुरमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै लिङ्देनले यस्तो आरोप लगाएका हुन्।

अध्यक्ष लिङ्देनले आफूहरुले जस्तो देशमा ठूलो परिवर्तन गर्ने सोचका अहिलेका ठूला दलमा नभएको दाबी गरेका छन्। उनले भनेका छन्, ‘ठूला दलहरूको फोहोरी राजनीतिले गर्दा देश ठूलो समस्यामा परेको छ। फोहोरी राजनीति सफा गर्ने अवसर जनताकोमा आएको छ।’

देश दौडाहामा लिङ्देनले जनताका समस्यालाई भोट रूपमा साट्न ठूला दलहरूले तयारी गरेकोसमेत आरोप लगाएका छन्। उनले भने, ‘यहाँ सुकुमबासी समस्या छ। त्यही सुकुमबासीको मुद्दालाई चुनावमा भोट बटुल्ने औजार बनाइएको सुनिन्छ।’

लिङ्देनले आफूहरू देशमा ठूलो परिवर्तन गर्ने सोचका साथ अघि बढेकोसमेत बताएका छन्। ‘पासपोर्ट बोकेर विदेश जानुपर्ने दुःखद अवस्था देशमा छ। उक्त अवस्थाको अन्त्य गर्न हामी तयार छौँ।’ 

२०४६ सालबाट यता देशमा स्थिर सरकार बन्न नसकेको भन्दै ठूला राजनीतिक दलमा स्वार्थको खेल रहेको बताए। उनले भने, ‘पटकपटक फुट्नु, सत्ता लिप्त हुनु र वैदेशिक ऋणको दलदलमा देशलाई डुबाउनुले देश कुनै पनि वेला दुर्घटना जान सक्नेछ।’