Skip This
नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ :   राष्ट्रपति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २३ बुधबार २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ :   राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २३ बुधबार २o:४७:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानवअधिकार, समानता, भेदभावरहित, रूपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएकी छिन्।

गणतन्त्र आइसल्यान्डको राजधानी रेक्याभिकमा आयोजना भएको रेक्याभिक ग्लोबल फोरम (वुमन लिडर्स) मा विशेष सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समानता र न्यायपूर्ण समाजको निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक, राजनीतिक प्रबन्धमा लगानी गरिरहेको बताएकी हुन्। 

महिला नेतृत्वको विश्वव्यापी मञ्चमा आमन्त्रित गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै उनले नेपालदेखि आइसल्यान्डसम्मको यात्राले हामीलाई ‘तेस्रो ध्रुव’देखि उत्तरी ध्रुवसम्म जोडेको उल्लेख गरिन्। उनले भगवान् गौतम बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सद्भाव लिएर आएको बताइन्।  

राष्ट्रपति भण्डारीले भनिन्, ‘विश्व महिला राजनीतिक नेतृत्व मञ्चले ‘सञ्चार, सम्बन्ध र समुदाय’को बहुआयामिक प्रयासबाट लैंगिक समानताको नयाँ बाटो तय गर्ने लक्ष्य लिएको छ। समानता, आवाज, प्रतिनिधित्व र सहभागिताका लागि हामीले गरेको लामो संघर्षका उपलब्धि एकआपसमा साट्ने उत्सवका रूपमा पनि हामीले यस फोरमलाई लिएका छौँ।’

विशिष्ट वक्ताका रूपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आज विश्वले कैयन चुनौती सामना गर्नुपरेकाे सन्दर्भमा महिलाको दृष्टिकोण निर्णय प्रक्रियाको अग्रपंक्तिमा मुखरित हुनु अपरिहार्य बनेको उल्लेख गरिन्। कुनै पनि संकटले आमा, पत्नी र छोरीलाई नै सबैभन्दा बढी प्रभावित पार्ने भन्दै उनले दक्षिणका मुलुकको अवस्थाले यसलाई अझ स्पष्ट पारेको जनाइन्। 

राष्ट्रपति भण्डारीले हालैको विश्वव्यापी कोभिड–१९ महामारीले सीमान्तकृत समुदाय नै संकटको समयमा बढी जोखिममा पर्ने वास्तविकतालाई उजागर गरेको बताइन्। ‘जलवायु परिवर्तनको असर पनि योभन्दा फरक छैन। जलवायु परिवर्तन आज हाम्रो अस्तित्वलाई नै संकट ल्याउने कारक बन्दै गएको छ,’ राष्ट्रपति भण्डारीले भनिन्। 

उनले जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गइरहेको तथा हिमालयमा सधैँ जमिरहने हिउँ पग्लिरहेका कारण लाखौँ मानिसको जनजीविका जोखिममा परेको उल्लेख गरिन्। 

तस्बिर : रासस