मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २२ मंगलबार १२:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनमा आउन सक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २२ मंगलबार १२:०९:००

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनका समयमा आउन सक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका हुन् । ‘हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ,’ उनले भने । 

प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमान्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिए । उनले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा आउन सक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिए । 

उनले  निर्वाचनमा केही उशृंखलतत्वले बिथोल्न खोज्छन् भन्ने त्यसप्रति सजग रहन आग्रह गरे । निर्वाचन सुरक्षाका क्रममा कमान्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमान्डरको मूल्यांकनको हुने प्रहरी महानिरीक्षक उनको भनाइ छ । उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए । 

कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन  दिए । उनले स्रोत–साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्नसमेत निर्देशन दिए ।