१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २० आइतबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक २० आइतबार ११:१३:oo
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दीर्घरोगीले  के खाने, के नखाने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २० आइतबार ११:१३:oo
उत्तम आचार्य, पोषणविद्

उच्च रक्तचाप 
उच्च रक्तचाप भएका बिरामीले रातो मासु खानै हुँदैन । मासु खान मन लागेमा सेतो मासु खानुपर्छ । माछा पनि तेलमा तारेको चिल्लो छ भने खान हुँदैन । मादक पदार्थ खानुहुँदैन, बरु फलफूलको जुस मिलाएर खायो भने राम्रो हुन्छ । त्यस्तै, गेडागुडी, सागसब्जीले पनि उच्च रक्तचाप भएका बिरामीलाई राम्रो गर्छ । 

मुटुका बिरामी 
बोसोयुक्त चिल्लो पदार्थ तथा तेलमा पकाएका खानेकुरा मुटुका बिरामीका लागि हानिकारक छ । धेरै चिल्लो र हाई सुगर भएको, पेय पदार्थ र मिठाई खानुहुँदैन । सिजनेबल फलफूल खाने, अम्बा, स्याउ खाने लोकल फलफूल गेडागुडी खाने गर्नुपर्छ । सागपात खायो भने राम्रो हुन्छ । ग्यास्टिक, अल्सरका बिरामीका लागि पनि बढी चिल्लोयुक्त खानेकुरा हानिकारक छ । 

मिर्गाैलाका बिरामी 
नुन, दुग्धजन्य पदार्थ (चिज, बटर, घिउ), हरियो सागसब्जी कम खानुपर्छ । किनकि, सागसब्जीमा अक्जालेट र दुग्धजन्य पदार्थमा क्याल्सियम अत्यधिक हुन्छ । माछा, मासु, गेडागुडी सन्तुलित रूपमा कमभन्दा कम लिनुपर्छ । 

मधुमेहका बिरामी
शरीरमा गएर ग्लुकोजको रूपमा परिणत हुने खानेकुरा मधुमेह (सुगर)का बिरामीले खान हुँदैन । धेरै गुलियो हुने फलफूल पनि खान हुँदैन । घिउ, चिनी मिसाएको खानेकुरा त झन् सुगर भएका मान्छेले बन्दै गर्नुपर्छ । बजारमा आएका लड्डु, पेडाजस्ता मिठाईयुक्त खानेकुरा झुक्किएर पनि खान हुँदैन । गुलियो नहुने फलफूल, गेडागुडी, सागसब्जी खाँदा सुगरका रोगीलाई फाइदा गर्छ ।

कोलेस्ट्रोलका बिरामी 
कोलेस्ट्रोल भएका बिरामीले सलाद, हरियो सागसब्जी, फलफूल र पानी प्रशस्त खानुपर्छ । चिल्लो पदार्थ खानुहुँदैन ।

युरिक एसिडका बिरामी 
अमिलो गेडागुडी, जाँडरक्सी, रातो मासु कम खानुपर्छ । टमाटर, चिल्लो कम गर्नुपर्छ । खानेकुरा धेरैपटक खायो भने असर गर्छ । कम खायो भने राम्रो हुन्छ ।