
जी २० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसिया आउने विदेशी प्रतिनिधि र पत्रकारले जकार्ताको सोइकार्नो-हट्टा अन्तर्राष्ट्रिय विमानस्थल र बालीको नुगुराह राई अन्तर्राष्ट्रिय विमानस्थलबाट नोभेम्बर १ देखि नि:शुल्क भिसासहित देश प्रवेश गर्न सक्नेछन्। सोकर्णो–हट्टा विमानस्थल अध्यागमन कार्यालयले मंगलबार सोबारे जानकारी दिएको हो।
बाली रिसोर्ट टापुमा हुन लागेको शिखर सम्मेलनमा सहभागी हुन विदेशी प्रतिनिधि र पत्रकारले राहदानी, फिर्ता वा एकतर्फी टिकट र दर्ताको प्रमाण वा निमन्त्रणा-पत्रलगायतका आवश्यक कागजातहरू मात्र पेस गर्नुपर्ने अधिकारीहरूले जनाएका छन्।
'नि:शुल्क- भिसा प्रवेश नीति जी-२० सहभागीहरूलाई इन्डोनेसिया प्रवेशमा सहजता ल्याउने उद्देश्यले सो निर्णय गरिएको जनाइएको छ। हाम्रो मुख्य लक्ष्य भनेको हाम्रो अध्यागमन सेवाहरूसँग सहभागीहरूलाई सहज र सुरक्षित बनाउनु हो,' एयरपोर्ट अध्यागमन कार्यालयका प्रमुख मुहम्मद टिटो एन्ड्रियान्टोले उल्लेख गरेका छन्।