१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Sunday, 11 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ बैशाख २८ आइतबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

Read Time : < 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार ११:o२:oo

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७, इन्द्रावती बगरमा बालुवा लोड गरी फर्कने क्रममा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बालुवा लोड गरी फर्कने क्रममा आइतबार बिहान करिब ३ बजे बा.४ख ३३६३ नम्बरको टिपर दुर्घटनामा परेको हो । उकालोमा पछाडि गुडेर अनियन्त्रित भएकाे टिपर सडकबाट करिब एक सय मिटर तल खस्दा चालकको मृत्यु भएको हो । 

प्रहरीले दिएको जानकारीअनुसार टिपरचालक नुवाकोट जिल्ला सूर्यगढी गाउँपालिका– ७ का ४८ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।