१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १४ सोमबार २o:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असइ हत्या प्रकरण : एसपी खड्कालाई कारबाही सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार २o:o३:oo

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असइ) सत्यनारायण यादवको हत्याको घटनामा एसपी प्रदीप खड्कामाथि विभागीय कारबाहीको सिफारिस भएको छ। एसपीको कमजोर कमान्ड कन्ट्रोलका कारण सो घटना भएको छानबिन समितिको निष्कर्ष छ। 

घटनापछि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई प्रतिवेदन बुझाउँदै सो घटनामा सशस्त्र प्रहरीको कमजोरी रहेको औँल्याएको छ। सोही प्रतिवेदनमा एसपी खड्कालगायत केही प्रहरीमाथि कारबाहीको सिफारिस भएको हो। 

घटनाका वेला एसपी खड्का राजविराजस्थित सशस्त्र प्रहरीको गणपति थिए। उनको कमान्ड कमजोरीले घटना भएको भन्दै छानबिन समितिले विभागीय कारबाही सिफारिस गरेको हो। सशस्त्र प्रहरी मुख्यालयले एसपी खड्कालाई गणबाट हटाइसकेको छ। 

गत २० असोजमा असइ यादव मृत अवस्थामा भेटिएका थिए। सप्तरीमै कार्यरत सशस्त्र प्रहरीका जवान होमबहादुर खत्रीले उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ। दुवैजनाले मदिरा पिएको र विवाद हुँदा आवेगमा हत्या भएको अनुसन्धानको निष्कर्ष छ। जवान खड्का प्रहरी हिरासतमा छन्। 

‘सप्तरीका एसपी अविनारायण काफ्लेका अनुसार घटना व्यक्तिगत रिसइबीमा भएको हालसम्मको अनुसन्धानमा देखिएको छ। ‘नियोजितभन्दा पनि आवेगप्रेरित घटना जस्तो देखिन्छ,’ उनले भने, ‘अनुसन्धान अझै सकिएको छैन, घटनामा अन्य व्यक्तिको संलग्नता पनि देखिएको छैन।’ 

हत्यापछि जवानले असइको शव खोलामा बगाइदिएका थिए। बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पञ्चायत अर्नामास्थित घोडदह खोलामा शव भेटिएको थियो। 

बदनाम प्रहरीलाई सीमा क्षेत्रमा खटाइनुलाई पनि घटनाको एउटा कारण मानिएको छ। हत्यामा संलग्न जवान खत्रीमाथि पटक–पटक विभागीय कारबाही भएको थियो। हवल्दारबाट उनी जवानमा घटुवा भएका थिए। घटुवा भए पनि उनी सीमा क्षेत्रमै कार्यरत थिए।