१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Tuesday, 08 July, 2025
२o७९ कार्तिक १४ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा आगलागीबाट एक करोडभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार ११:४४:oo

उदयपुरमा आगलागी हुँदा एक करोड ६५ लाख रुपैयाँबराबरको क्षति भएको छ। जिल्लाको त्रियुगा नगरपालिका– ७ चुहाडे बजारमा रहेको राजु बस्नेतको ट्रसबाट निर्मित घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब निरीक्षक राकेशकुमार पोदारका अनुसार ट्रसको सटर भाडामा लिई व्यापार गर्नेहरूको ठूलो परिमाणमा क्षति भएको छ। उनले भने, ‘चुहाडे चोकस्थित पर्शुराम राईको जग्गा भाडामा लिएर ट्रसबाट राजु कार्कीले घर बनाई भाडामा लगाएका रहेछन्। त्यही घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो।’

पोदारका अनुसार भाडामा बस्ने त्रियुगा नगरपालिका– ७ का राजु कार्कीको घर र घरको एउटा सटर कोठाभित्र रहेको कपडा पसल र फर्निचर तथा सुन सात तोला गरी जम्मा ८० लाखबराबरको क्षति भएको छ। त्यस्तै, अनिल घिमिरेको एउटा सटर कोठाभित्र रहेको एग्रोभेट पसलको सम्पूर्ण मालसामान जल्दा ६५ लाखको क्षति भएको छ।

यसैगरी सोही स्थानका वीरेन साहको एउटा सटर कोठाभित्र रहेको होटेल र होटेलसँगै जोडेर बनाएको टाटीबेराको फलफूल पसल, तीन तोला आठ आनाबराबरको सुनको गहना र नगद गरी २० लाखको क्षति भएको छ।

आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको पोदारले जानकारी दिए।