मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १८ सोमबार
  • Monday, 04 December, 2023
रासस खजुरा
२०७९ कार्तिक १३ आइतबार १६:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरा गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, खजुरा
२०७९ कार्तिक १३ आइतबार १६:४३:००

बाँकेको नेपालगन्जस्थित चुराको गोदाममा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ। उक्त घटनामा एकजना घाइते भएका छन्। 

नेपालगन्ज उपमहानगरपालिका– ५ रामनगरस्थित  रमेशकुमार नागको घरमा चुराको गोदाममा आइतबार एक्कासि आगलागी हुँदा बर्दियाको मधुवन नगरपालिका– ८ का २३ वर्षीय समीर वलीको मृत्यु भएको हो। उक्त गोदाम आरिफ अन्सारीले भाडामा लिएका थिए।

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार आगलागीबाट गम्भीर घाइते वलीको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो। मृतक वली शनिबार भेटघाटका लागि गोदाममा आएका थिए।

घाइते भएका गोदाम सञ्चालक अन्सारीको भेरी अस्पतालमा उपचार भइरहेको छ। विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली सेना, प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको छ। आगलागीबाट करिब ४२ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ।