१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २१:o८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आगामी पुस्ताले आफ्नो भविष्य देख्न सक्ने देश निर्माण गर्छु : प्रधानमन्त्री सुनक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:o८:oo

बेलायतका नवनियुक्त प्रधानमन्त्री ऋषि सुनकले देशलाई आशादायी भविष्य प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

बुधबार राति टेन डाउनिङ स्ट्रिटमा आयोजित दीपावली समारोहमा उनले बेलायतलाई आशादायी भविष्य प्रदान गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  

आफ्नो सरकारी निवासमा उज्यालो पर्व मनाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पाेस्ट गर्दै उनले सबैप्रति शुभकामना व्यक्त गरे। 

‘आज राति टेन डाउनिङ स्ट्रिटमा भएको दीपावलीको कार्यक्रममा सहभागी हुन पाउँदा हर्षित छु, आगामी पुस्ताले आफ्नो भविष्य आशाका साथ हेर्न सक्ने बेलायत निर्माणका लागि सक्दो प्रयास गर्ने छु,’ भन्दै उनले ट्विट गरेका छन्। 

राजनीतिक उथलपुथलका कारण लिज ट्रसले राजीनामा गरेपछि सात हप्तामा बेलायतको तेस्रो प्रधानमन्त्री बनेका उनले गत मंगलबार दिएको पहिलो सार्वजनिक मन्तव्यमा ट्रस सरकारबाट विगतमा भएका गल्ती सच्च्याउने तथा राष्ट्रको आर्थिक स्थायित्व पुनः स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

उनले  पूर्ववर्ती सरकारका त्रुटि सच्च्याउन गरिने निर्णयहरू कठिन हुने चेतावनी पनि दिएका थिए। गहिरो आर्थिक एवं राजनीतिक संकटको सामना गरिरहेको बेलायतलाई त्यसबाट मुक्त गर्ने वाचा उनले गरेका छन्। 

सन् १९६० को दशकमा पूर्वी अफ्रिकाबाट बेलायत आएका सुनक भारतीय मूलका हुन्। उनका पिता स्थानीय चिकित्सक थिए भने उनकी आमाले दक्षिणी इंग्ल्यान्डमा फार्मेसी चलाएकी थिइन्। मातापिताको उक्त कामले उनलाई  जनताको सेवा गर्ने इच्छा जागृत भएको बताइएको छ।