१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ८ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ८ मंगलबार २३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवेकशील साझाले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ८ मंगलबार २३:१६:oo

विवेकशील साझा पार्टीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समीक्षा बास्कोटाले प्रतिबद्धता सार्वजनिक गरिन् ।

पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने व्यवस्था गर्ने, नेपाल पर्यटन विश्वविद्यालय स्थापना गर्ने, त्रिभुवन विश्वविद्यालयमा खेलकुद विभाग स्थापना गर्ने, गुणस्तरीय तथा निःशुल्क स्वास्थ्य सेवा, आत्मनिर्भर तथा दिगो अर्थतन्त्रका चार खम्बाः प्रविधि, जलविद्युत, कृषि र पर्यटनको विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन, विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार, सरकारी वेतनधारीहरुको दलीय पेशागत संगठन खारेज गर्ने प्रतिबद्धता अघि सारेको छ । 

यस्तै, अनावश्यक सार्वजनिक खर्च कटौती गर्न राजनैतिक भर्तिकेन्द्रमा सीमित सरकारी निकायलाई खारेज गर्ने, संवैधानिक आयोगहरूमा नियुक्तिका लागि ४५ वर्षे उमेरहद घटाएर युवामैत्री बनाउने, वातावरण तथा सम्पदा संरक्षण गर्नेलगायतका चुनावी प्रतिबद्धता अघि सारेको छ । 

कार्यक्रममा उनले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको जिकिर गरिन् । चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि उनले गत ५ वर्षमा पार्टी आत्तिएको र थाकेको नभई अनुभव बटुल्दै अघि बढिरहेको जिकिर गरिन् ।

पार्टी अझै सशक्त भएर चुनावमा लागेको भन्दै उनले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पार्टीलाई जिताउन सहयोग गर्ने अपेक्षा राखेको बताइन् ।