पिस लिली ‘एयरप्युरिफाई’ प्लान्ट हो । यसले शान्ति र सौन्दर्य दुवै प्रदान गर्छ । आकर्षक देखिने भएकाले यो प्लान्टलाई घरभित्रै सजाउन सकिन्छ । यसको फूल सेतो रङको हुन्छ, जो निकै आकर्षक देखिन्छ ।
यसलाई गमलामा रोपेर तपाईंको बैठक कोठा वा बेडरुममा सजाउन सकिन्छ । सानो कदका अन्य इन्डोर प्लान्टहरूमा एन्थोरियम, स्पाइकर प्लान्ट, डाइफेनवेसिया, मनी ट्री, जेड जेड प्लान्ट, लक्की बेम्बो, बोन्साइ प्लान्ट, एग्लोनिया, पेडिलेन्यस, जेड प्लान्ट सालोम आदि पर्छन् । यी बिरुवाले पनि तपाईंको कोठालाई आकर्षक देखाउँछन् ।