१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक ५ शनिबार १९:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका ८१ सवारीचालकको निःशुल्क आँखा परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १९:३४:oo

गुल्मीमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ८१ जना सवारीचालकहरूको निःशुल्क आँखा परीक्षण गरिएको छ। 

नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा सार्वजनिक सवारीसाधनका सवारीचालकहरूको निःशुल्क आँखा परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा १ कात्तिकदेखि ४ गतेसम्म शिविर सञ्चालन भएको थियो। ‘आँखा उपचारमा निरन्तर दिऔँ ध्यान, आफ्नो र यात्रुहरूको बचाऔँ ज्यान’ भन्ने नाराका साथ सवारीचालकहरूको आँखा परीक्षण गरिएको आचार्यले बताए। 

शिविरको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले आफ्नो आँखा जाँच गरेर सुरुवात गरेका थिए। प्रमुख जिल्ला अधिकारी पौडेलले पत्रकारहरूको ध्यानाकर्षणका कारण विषय सानो भए पनि ज्यादै महत्वपूर्ण काम गरिएको बताए। 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले सवारी दुर्घटनाको एउटा कारण आँखाको कम्जोरी पनि भएकाले शिविरको आयोजना गरिएको बताए। 

उनले निःशुल्क रूपमा आँखा परीक्षण भएकाले सवारीचालकहरू उत्साहित भएर शिविरमा सहभागी भएको बताए।

नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्रका प्रमुख सूर्यबहादुर बस्नेतले पाँचजना सवारीचालकको आँखाले कलर छुट्याउन नसक्ने र थप पाँचजनालाई चस्मा लगाएपछि समस्याको समाधान भएको छ। चालकहरूले छ-छ महिनामा नियमित आँखाको परीक्षण गर्न सुझाब दिए ।