भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रधुम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने घोषणा गरेका छन्। ऊर्जामन्त्री तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको आकस्मिक निरीक्षण गर्दै उक्त घोषणा गरेका हुन्। उनले आफ्नो क्षेत्रका खराब सडकहरूको अवस्था र त्यसलाई सुधार्नुपर्नेमा राज्य सरकार प्रतिवद्ध रहेको बताए।
निरीक्षण भ्रमणका क्रममा सर्वसाधारणले त्यस क्षेत्रमा खराब सडकका कारण आफूले भोग्नुपरेको पीडा सुनाएपछि उनीहरूको दुःखले आफुलाई पीडाबोध भएको बताए। उनले कमजोर सडक सञ्जालको निरीक्षण यस पहिले नै पनि गरिसकेको र सुधारका लागि सम्बद्ध अधिकारीहरूलाई कडा निर्देशन दिए। तर सडक निर्माण धेरै टाढाको कुरा खाल्डाखुल्डीसमेत पुरिएका छैनन् ।