१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक २ बुधबार १७:३४:oo
Read Time : < 1 मिनेट
खेलकुद

बुद्धिचालमा आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १७:३४:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जित्न सफल भएकी छिन्। 

यही असोज २७ गतेदेखि भएको प्रतियोगितामा महिलातर्फको तीनवटै इभेन्टमा लोहनीले स्वर्ण पदक जित्न सफल भएकी हुन्। 

प्रतियोगिताअन्तर्गत महिलातर्फको क्लासिकल इभेन्टका नौ खेलमा सबै खेल जितेर उनले नौ अंक प्राप्त गर्दै प्रतियोगितामा पहिलो स्वर्ण पदक जितेको निर्णायक दीपेश गिरीले जानकारी दिए।

त्यस्तै, महिलातर्फको बिल्च इभेन्टमा पनि लोहनी नौ खेलमा नौवटै खेल जितेर नौ अंकका साथ दोस्रो स्वर्ण जित्न सफल भएकी थिइन्। त्यसैगरी, आज सम्पन्न र्‍यापिड चरणका खेलमा समेत लोहनीले सबै नौ खेल जितेर नौ अंकका साथ प्रतियोगितामा तेस्रो स्वर्ण पदक हात पार्न सफल भएको आयोजकले जनाएको छ।