१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
उषा उप्रेती, मोडल 
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०९:४२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मेकअपमा  विश्वास गर्दिनँ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०९:४२:००

भद्दा मेकअप मन पर्दैन । मलाई नेचुरल नै मन पर्छ । काम पर्दाबाहेक अधिकांश समय म घरमै हुन्छु । त्यतिवेला कुनै मेकअप गर्दिनँ । बाहिर निस्कनुपर्दा सनस्क्रिन क्रिम लगाउँछु । यसले घामको विकिरणबाट छालालाई जोगाउँछ । 

हेभी मेकअपमा कम्फर्टेबल फिल हुँदैन । कुनै विशेष कार्यक्रममा जानुपर्‍यो भने हल्का मेकअप गर्छु । सुटिङ सेटमा भने मेकअप गर्नैपर्ने हुन्छ । त्यतिवेला आवश्यकताअनुसार गर्छु ।ब्युटी प्रडक्टले छाला स्वस्थ राख्छ भन्ने विश्वास मलाई लाग्दैन । हामीले प्रयोग गर्ने कतिपय ब्युटी प्रडक्ट उल्टै हानिकारक हुन्छन् । त्यसैले म अरूलाई पनि ब्युटी प्रडक्ट प्रयोग गर्न सिफारिस गर्दिनँ । 

छालालाई स्वस्थ्य राख्नका लागि सन्तुलित खानपान र पर्याप्त निद्रा जरुरी हुन्छ । म पर्याप्त पानी पिउँछु । सिजनअनुसारका फलफूल खाइरहकै हुन्छु । तनाव कम लिन्छु । सकारात्मक सोच्छु । सकारात्मक सोचले हाम्रो व्यक्तित्वमा निखार ल्याउँछ । आत्मविश्वास बढाउँछ ।

मानिसको सुन्दरता छालाका आधारमा मात्रै मापन गरेर हुँदैन । राम्रो सोचियो भने संसार आफैँ हराभरा र सुन्दर लाग्छ । बाहिरी आवरण सुन्दर देखिए पनि सोच राम्रो हुन सकेन भने मानिस तनावमा रहन्छ ।