Skip This
सुरक्षा निकायको गाडीमा मतपेटिका ढुवानी नगर्न सशस्त्रका महानिरीक्षकको सुझाव 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज ३१ सोमबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुरक्षा निकायको गाडीमा मतपेटिका ढुवानी नगर्न सशस्त्रका महानिरीक्षकको सुझाव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १७:४८:oo

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन्। 

मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारीसाधनमा मतपत्र ल्याएकोले आफूहरूले हार्नुपरेको आरोप लाग्ने गरेकाले सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न उनले सुझाव दिए। 

महानिरीक्षक अर्यालले निर्वाचनमा अत्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरू परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे। निर्वाचनमा एउटा मात्रै युनिटले गल्ती गर्दा पनि त्यसको होल सिस्टममा असर पर्ने भएकाले सुरक्षाकर्मीको परिचालन गर्दा विशेष ध्यान दिन उनको आग्रह थियो। 

महानिरीक्षक अर्यालले भने, ‘चुनाव सकिएपछि मतपत्र ढुवानीको वेलामा सुरक्षा निकायको सवारी प्रयोग नगर्ने भन्ने छ। त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुन सक्छ। त्यो सुरक्षा निकायको सवारीमा ल्याउँदा चुनावमा हारजित कसको हुन्छ? त्यो वेला सुरक्षा निकायको सवारीमा ल्याएकाले यस्तो भयो भन्ने हुन सक्छ। त्यो भएकाले सकेसम्म सुरक्षा निकायको सवारी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ। ’