
६७औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। प्रहरी प्रधान कार्यालय नक्सालसहित देशभरका प्रहरी कार्यालयमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो।
नक्सालमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी तथा कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरीका परिवारलाई सम्मान गरेका थिए।
उनले प्रहरी दर्पण २०७९ को लोकार्पण तथा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए। सो अवसरमा प्रधानमन्त्री देउवाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए।
तस्बिरहरू : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका