१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
गजित विष्ट, नृत्यनिर्देशक 
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२४:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नृत्यले खुसी दिन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२४:oo

नृत्यले हामीलाई शारीरिक र मानिसक रूपमा सुदृढ गराउँछ । खुलेर नाच्दा हाम्रो शरीरका हरेक नसा र कोषिकाको अभ्यास हुन्छ । शरीरमा रक्तसञ्चार बढ्छ । यससँगै शरीर र ब्रेन पनि स्वस्थ हुन्छ । मानिस खुसी रहन्छ । नृत्य गर्दा संगीतको गहिराइमा डुबेर गरिने भएकाले यो एक ध्यानजस्तै हो । 

म नियमित नृत्य गर्छु । पछिल्ला वर्षहरूमा अभिनय र नृत्य प्रशिक्षकसँगै मोटिभेसनल स्पिकरका रूपमा पनि सक्रिय छु ।  मलाई १२ वर्षदेखि कुनै स्वास्थ्य समस्या देखिएको छैन । मेरो बुझाइमा सबै नृत्यका आफ्नै विशेषता छन् । मैले ७७ वटै जिल्लाका लोकनृत्यबारे अध्ययन गरेको छु ।

कत्थक, भरतनाट्यम्, चर्यालगायत लोकनृत्यसँगै साल्साजस्ता पश्चिमा नृत्य, बलिउड फ्री–स्टायल, हिपहपलगायत सबै डान्सका आ–आफ्नै महत्व छन् । डान्सका यी सबै भेरिएसनबारे हामीले नलेज राख्न सक्यौँ भने मात्रै राम्रो डान्सर बन्न सकिन्छ ।

सबैलाई मिक्स गरेर नयाँ आउटपुट निकाल्न सकियो भने मानिसले मार्क गर्ने र मन पराउने हुन् । राम्रो डान्सर बन्नका लागि संगीतको पनि राम्रो ज्ञान हुन जरुरी छ । प्रशिक्षार्थीसँग राम्रो इच्छाशक्ति हुनुपर्छ र योग्य प्रशिक्षक पनि चयन गर्न सक्नुपर्छ ।