Skip This
बोर्ताका बाढीपीडितलाई राहत वितरण गर्दै पालिका अध्यक्ष मल्ल 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Tuesday, 11 August, 2026
गगन अयडी बाजुरा
२o७९ असोज २७ बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बोर्ताका बाढीपीडितलाई राहत वितरण गर्दै पालिका अध्यक्ष मल्ल 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १७:२६:oo

बाजुराकाे हिमाली गाउँपालिका– ४ बोर्ताका एक सय १३ परिवारलाई पालिका अध्यक्ष गोविन्द  मल्लले राहत वितरण गरेका छन्। 
 
यही असोज १९ देखि २३ सम्म परेको अविरल वर्षाका कारण बोर्ताका एक सय १३ परिवार बाढीपहिरोको उच्च जोखिममा परेपछि विस्थापित भएका छन्। विस्थापित परिवार गाउँनजिकैको डाँडामाथि मन्दिरमा त्रिपालमुनि रात बिताइरहेका छन्।
 
पाकेर भित्र्याउन तयार भएको अन्नबाली पूर्ण रूपमा क्षति भएको छ। पालिका कार्यालयबाट चामल, त्रिपाल, कम्बल र भाँडाकुँडासहितको राहत उपलब्ध गराउन अध्यक्ष मल्ल बोर्ता गएको प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए। 
  
विस्थापित परिवारले भने तत्कालको छाक टार्नुभन्दा दीर्घकालीन रूपमा बस्ती विस्तारको माग गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने देखिन्छ। यसको लागि गाउँपालिकाको एकल स्रोतले धान्न नसक्ने हुँदा संघीय सरकार र प्रदेश सरकारको सहयोग आवश्यकता रहेको अध्यक्ष मल्लले बताए।