१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Wednesday, 03 July, 2024
रासस कावासोती
२o७९ असोज २७ बिहीबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दाउन्नेमा अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा

Read Time : < 1 मिनेट
रासस, कावासोती
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १२:२५:oo

पूर्व–पश्चिम राजमार्गको पूर्वी नवलपरासीको दाउन्नेमा पहिरोले अवरुद्ध सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

लगातार केही दिनदेखि परेको वर्षाले दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पूर्व–पश्चिम राजमार्ग र बजारका घरहरूमा चिरा परेपछि सडक अवरुद्ध भएको थियो। अवरुद्ध सडक बुधबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आए पनि ठूला मालवाहक सवारीलाई पूर्वमा दुम्कीबास र पश्चिम बर्दघाटमा रोकिएको थियो। नेपाल प्रहरी र सडक विभागको सहकार्यमा रातभरमा सडकलाई दुईतर्फी सञ्चालनमा आउने गरी तयार पारिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए।

दाउन्ने बजारको तल्लो भागमा पहिरो गएपछि पहाडतर्फको भागलाई खनेर बाटो चौडा बनाइएको प्रजिअ घिमिरेले बताए । पहिराेका कारण विस्थापित भएका चार घरपरिवारलाई गाउँपालिकासँगको समन्वयमा आश्रयस्थलमा राखिएको घिमिरेले बताए।

ad
ad
ad
ad