१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २२ शनिबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o७९ असोज २२ शनिबार १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुर १ मा पूर्वमन्त्री विनाका प्रतिस्पर्धी तारा लामा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ असोज २२ शनिबार १६:o२:oo

कञ्चनपुर क्षेत्र नम्बर १ मा पूर्वखानेपानीमन्त्री बिना मगरले टिकट पाएकी छिन्। नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि एकल सिफारिस भएकी थिइन्। 

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी नेतृ बिना अब कांग्रेस, माओवादी, समाजवादी, जनमोर्चाका तर्फबाट साझा उम्मेदवार बनेकी छिन्। उक्त निर्वाचन क्षेत्रमा बिनाका प्रतिस्पर्धी तारा लामा तामाङ बन्ने भएका छन्। एमालेबाट तामाङसहित वीरबहादुर थापा(पातल), खेम सुवेदी सिफारिस भए पनि अन्तत ताराले टिकट पाएका छन्। 

एमालेमा टिकट वितरणको विषयलाई लिएर विवाद चुलिएको छ। संघतर्फका सिफारिस भएका थापालाई एमालेले प्रदेशमा टिकट दिएपछि उनी असन्तुष्ट भएका छन्। एमालेबाट संघतर्फ देखिएका उम्मेदवारले हालै समाजवादीबाट आएका नेता तामाङलाई टिकट दिएको भन्दै विरोधमा उत्रिएका छन्।

गत वर्ष एमाले फुट्दा उता समाजवादीमा गएर आर्थिक मामिलामन्त्रीको जिम्मेवारी पाएका तामाङ उता मन्त्रीबाट हटाएपछि समाजवादीसँग असन्तुष्ट हुुँदै पुन गत १५भदौमा एमाले प्रवेश गरेर टिकट हत्याएको भन्दै सहकर्मी विरोधमा उत्रिएका हुन्। 
 
०७४मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच वामगठबन्धन भएका वेला बिना मगर संघ र तारा लामा तामाङ प्रदेशतर्फ उम्मेदवार भएर दुबै दोब्बर मतले निर्वाचित भएका थिए। तामाङ सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री र मगर संघ सरकारको खानेपानीमन्त्री भएका थिए। 

माओवादी नेतृ मगर र एमाले नेता तामाङ पुनर्वास नगरपालिका ३ एकै वडाका स्थानीय हुन्। दुवै नेता एकै वडा र पालिकाका भए पनि मतदातासमेत कसलाई छान्ने विषयमा अलमलमा छन्।