मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असोज २१ शुक्रबार २१:३२:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

रामराज्य रथयात्रा नेपाल प्रवेश, भव्य स्वागत [तस्बिरहरू]

Read Time : > 1 मिनेट
२०७९ असोज २१ शुक्रबार २१:३२:००

रामराज्य रथयात्रा नेपाल प्रवेश गरेको छ। रथयात्रालाई नेपालमा भव्य स्वागत गरिएको छ। 

रामको जन्मभूमि अयोध्याबाट नेपाल र भारतको २७ राज्यमा ६० दिने यात्रा गर्दै १५ हजार किलोमिटरको यात्रा तय गर्ने लक्ष्य लिएर नेपाल प्रवेश गरेकाे रथयात्रालाई नेपाल प्रवेश गर्ने क्रममा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारसहितले स्वागत गरेका छन्।

सन् १५२८ मा बाबरका सेनापति मीर बाकीले झन्डै २१०० वर्ष पहिले सम्राट् शकारी विक्रमादित्य (चन्द्रगुप्त द्वितीय) ले कालो पत्थरले बनेको ८४ थान स्तम्भमाथि निर्माण गरेको विशाल राम मन्दिरलाई ध्वस्त गरेपछि झन्डै एक सय ३४ वर्षपछि ९ नाेभेम्बर २०१९ मा सोही ठाउँमा राम मन्दिर निर्माण गर्न आदेश दिएपछि राम जन्मभूमि राम मन्दिरका लागि सुरक्षित भएपछि अगुवा साधुहरले सोही निर्णयलाई हिन्दू संस्कृतिको विजयीको रूपमा लिँदै उत्सवस्वरूप निकालेको ‘रामराज्य रथयात्रा २०२२’ आज शुक्रबार नेपाल प्रवेश गरेको छ।

पूर्वमुख्यन्यायाधिवक्ता  दीपेन्द्र झासहित महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक पहाडी र सुरक्षा निकाय प्रमुखहरूसमेतको टोलीले नगरप्रमुखको अगुवाइमा जलेश्वर नगरपालिका– ३ मलिवाडा नाकाबाट रथयात्रालाई डोर्‍याउँदै जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर प्रांगणमा भोजन तथा सम्मान कार्यक्रमको आयोजना गर्दै स्वागत गरेको हो । साे अवसरमा हिन्दू महापरिषद् महोत्तरी, धनुषासहित विभिन्न हिन्दू संघसंस्थाका पदाधिकारीहरूसमेतको सहभागिता रहेको थियो।

 

रामदास मिसन (यु.सो.) को आयोजनामा निकालिएको सो रथयात्राको नेतृत्व गरेका प.पु. जगतगुरु स्वामी सत्यानन्द सरस्वती महाराजका शिष्य श्री शक्ति शान्तानन्द महर्षिले नेपाल र भारतबीचको सम्बन्ध आजदेखिको नभई मर्यादा पुरुषोत्तम रामकै पालादेखि रहेकोमा रामको विजयमा माता सीताको जन्मभूमि यात्रा नगरेसम्म राम विजय उत्सव सफल नहुने भएकाले जलेश्वर,जनकपुरसहित नेपालको नारायणघाट, काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज र टीकापुरसम्मको यात्रा गर्दै भारतको रुद्रपुर प्रवेश गर्ने बताए।

उनले नेपाल–भारतको बीचमा अन्य सम्बन्धभन्दा पनि धार्मिक र पारिवारिक सम्बन्ध बलियो भएकाले यो सम्बन्धलाई झनै मजबुत बनाउन रथयात्राले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले नेपाल प्रवेशको क्रममा स्थानीय सरकार र सुरक्षा निकायबाट समेत भएको सहजीकरण र स्वागतले भावविभोर बनाएको भन्दै कृतज्ञता व्यक्त गरे।

सयौँको संख्यामा साधुसन्तसहित नेपाल प्रवेश गरेको रथयात्रा जलेश्वरमा स्वागत, सम्मान र भोजनपश्चात् जनकपुरका लागि प्रस्थान गरेको छ।

तस्बिरहरू : रञ्जन भण्डारी /महोत्तरी