१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ असोज १७ सोमबार ०७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरियामाईमा बस दुर्घटना, दुईजनाको मृत्यु, ३६ घाइते

Read Time : < 1 मिनेट
२०७९ असोज १७ सोमबार ०७:०१:००

हेटौंडा उपमहानगरपालिका– १५ मा पर्ने चुरियामाइ मन्दिरनजिक रात्रिबस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बसमा रहेका ३६ यात्रु घाइते भएका छन् । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत चुरियामाई मन्दिरनजिकै मध्यराति बस दुर्घटना भएको हो । 

मृत्यु हुनेमा झापाको दमक नगरपालिका– ५ मोडेल क्याम्पसनजिक घर भएका ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका– ८ की ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए । 

दुर्घटनापछि गम्भीर घाइते भएका दर्जीको हेटौंडा अस्पताल र राजवंशीको चुरेहिल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

काठमाडौंबाट दमकतर्फ जाँदै गरेको ना. ७ख २०३२ नम्बरको रात्रिबस साढे १२ बजे अनियन्त्रित भई नालीमा खसेर दुर्घटना भएको हो । बसमा सवार अन्य ३६ जना घाइते भएका छन् । तीमध्ये पाँँचजनाको अवस्था गम्भीर छ । 
दुईजनालाई थप उपचारका लागि काठमाडौँ र तीनजनालाई चितवनको भरतपुर अस्पताल रेफर गरिएको छ । एक यात्रुको हेटौंडाको सञ्चो अस्पतालमा उपचार भइरहेको छ । अन्य सामान्य घाइते उपचारपछि डिस्चार्ड भएको डिएसपी कार्कीले जानकारी दिए ।